काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ स्थित बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा हिजो राति भएको घटनामा वडाध्यक्ष रवि खड्काले दुर्व्यबहार बेहुर्नु परेको छ। स्थानीय तहको निर्वाचनमा आफैसंग पराजित भएका प्रतिस्पर्धी प्रल्हाद खड्काले उनलाई प्रहरी चौकीमा भिड भाडको मौका पारि दुइ झापड हानेका थिए।
२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडा नं ६ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रल्हाद खड्काले नेकपा एमालेका उम्मेदवार रवी खड्कालाई झापड हानेका हुन्।
आफूलाई बिनाकारण झापड हानेर अभद्र व्यबहार भएको भन्दै वडाध्यक्ष खड्काले आफूलाई मात्र नभई समग्र देशभरका जनप्रतिनिधिलाइ अपमान भएको महसुस भएको बताएका छन्। घटनाको घोर निन्दा र भर्त्सना गर्दै उनले आफू माथि भएको घटना सजिलै नबिर्सने भन्दै जनतालाई भ्रमको पछि नलाग्न आग्रह समेत गरेका छन्।