काभ्रे-२ बाट एमालेका गोकुल बास्कोटाको जित

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेसका शिवप्रसाद हुमागाईसँग पछाडि परेका उनी बिहीबार बिहानदेखि मात्र अगाडि बढेका थिए ।

मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।


Published :९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media