धनगढीमा आज पनि विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

राष्ट्रपाटी न्युज

१६ मंसिर २०७९

धनगढी । आफ्ना सहकर्मीको मृत्युको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको  छ ।

निषेधज्ञाको अवज्ञा गर्दै विद्यार्थीहरु बिहानैदेखि चोकचोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

ग्रेडरले च्यापिएर बिहीबार बिहान १० बजेतिर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउदको मृत्यु भएको थियो । स्कुल जाँदै गरेकी १४ वर्षीया चेतनाको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपछि विद्यार्थीहरुले दिनभरजसो प्रदर्शन गरेका थिए ।

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


Published :१६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media