दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भएका हुन् ।
केसीले १९४१४ मत प्राप्त गर्दा कांग्रेसका लामाले १७५९५ मत प्राप्त गरे । १८०९ मतको अन्तरले केसीले लामालाई पराजित गरेका हुन् । केसी भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत हुन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा दोलखाका केही मतदान केन्द्रमा विवाद भएपछि निर्वाचन आयोगले मंसिर १५ गते पुन: मतदान गराएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा १ मा भने मतगणना जारी छ ।