सुकुमबासी हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरअगाडि धर्ना

राष्ट्रपाटी न्युज

२० मंसिर २०७९

काठमाडौं । सार्वजनिकस्थलबाट नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिइएको छ ।

सुकुमबासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुमबासीलाई हटाउनुपर्ने भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो ।

समितिले सही सुकुमबासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग राखेका छन् ।

समितिले सुकुमबासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने माग गरिएको छ । धर्नामा सहभागीले सुकुमबासीको नाममा राजनीति गर्न पाईदैन, भूमि भएका कसरी सुकुमबासी भन्ने प्रश्नसहितका प्लाकार्ड प्रदर्शन गरेका थिए । समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुमबासीलाई विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।


Published :२० मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media