काठमाडौं। ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ कात्तिके मुख्य स्थान भै हाल देश विदेशमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने लुइटेल परिवारहरुको हक हितको निम्ति एक बिशेष कमिटि गठन गरिएको छ। आज मङ्सिर २४ गते शनिवार सानोठिमी भक्तपुर स्थित बद्रि लुइटेलको घरमा आयोजित गोठधुप एबम लुइटेलहरुको बृहत भेलाले उक्त कमिटि बनाउने निर्णय गरेको हो। खिलेन्द्र हरि लुइटेलको अध्यक्षतामा बनेको उक्त कमिटिको सचिवमा श्रीराम लुइटेल तथा कोषाध्यक्षमा धुर्व राज लुइटेल चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा रेजिन्द्र लुइटेल, द्रोण लुइटेल, निरोज लुइटेल तथा बिन्दा भुजेल रहेका छन्।
प्रत्यक बर्ष जस्तै यो बर्ष पनि लुइटेलहरुको गोठ धुप भब्यरुपमा सम्पन्न गरेको लुइटेल परिवारले यो कमिटि गठन भए संगै सामुहिक वनभोज कार्यक्रम आयोजना गर्ने र धेरै धेरै भन्दा लुइटेल परिवारलाइ समट्ने योजना रहेको नब निर्वाचित अध्यक्ष खिलेन्द्र हरि लुइटेलले जानकारी दिएका छन्।