लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुने 

राष्ट्रपाटी न्युज

मंसिर २५, २०७९

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै राती लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना रहेको छ ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ ।

यसैबीच, आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो ।

हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । यस्तै देशका अरु ठाउँको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।


Published :मंसिर २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media