अध्यादेश असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीतः गगन थापा

राष्ट्रपाटी न्युज

मंसिर २६, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन्  ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत रहेको उल्लेख गर्दै उनले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही रहेको बताए ।

अध्यादेशका विषयमा महामन्त्री थापाको अभिमत के आउला भनेर आममानिसले चासो दिइरहेका बेला उनले ढिलो गरी अध्यादेशका विरुद्धमा आफ्नो विचार व्यक्त गरेका छन् ।

‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ, थापाले लेखेका छन् ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’

 

 


Published :मंसिर २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media