राष्ट्रपति भण्डारीसमक्ष आयोगद्वारा निर्वाचन परिणामको प्रतिवेदन पेश

राष्ट्रपाटी न्युज

मंसिर २९, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। बिहीबार प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरेको जानकारी दिए । राष्ट्रपति भवन शितल निवासमा आयोजित उक्त समारोहमा निर्वाचन आयोगका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशतभन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ।  आयोगका अनुसार प्रतिनिधिसभामा २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको थियो।  तीमध्ये प्रतिनिधिसभातर्फ १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ जना महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।


Published :मंसिर २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media