काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आजै बेलुकी ६ लाई मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको शपथ खाएका छन् । अहिले मन्त्रीको पदभार ग्रहण जारी छ।
पदभार ग्रहणपछि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।