भ्रष्टाचार नियन्त्रण सत्ता गठबन्धनको पहिलो प्राथमिकताः गृहमन्त्री लामिछाने

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकमा सहभागी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिP ।

भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्तनमा केन्द्रित रहेर छलफल गरिरहेको उनले बताए । मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको गृहमन्त्री लामिछानेले बताए । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन् । ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ ।


Published :२० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media