एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

कास्की । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष दाबी पेस गरेका थिए । अधिकारी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् ।

अधिकारीलाई स्वतन्त्र सांसद हैसियतले राजीव गुरुङले समेत समर्थन जनाएका छन् । आइतबार गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो ।


Published :पुस २५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media