माओवादीका राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार माओवादी,नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्माले प्रदेश प्रमुख तिलक परियालसामु मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख परियारले संसदको दोस्रो कार्यकालको मुख्यमन्त्रीमा शर्मालाई नियुक्त गरेका हुन् । आजै नेकपा माओवादी र नेकपा एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेर एमालेले माओवादीलाई समर्थन गरेको थियो ।

सोही अनुसार कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बनेका हुन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।


Published :पुस २७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media