बागमती प्रदेशको उपसभामुखमा तीनजनाको उम्मेदवारी

काठमाडौं । बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् । आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिएका हुन् ।

बागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी चापागाईं, कांग्रेसकी परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।


Published :पुस ३०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media