अफगानिस्तानको काबुलमा गोली हानी महिला सांसदको हत्या

काबुल । अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ ।

राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो ।

नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरूको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।

घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।


Published :माघ २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media