एमालेका रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुखमा निर्वाचित

जनकपुर । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनवाट सभामुखमा मण्डल चयन भएका हुन् ।

सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेशसभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए ।

मत बिभाजन सम्पन्न भएपछि जेष्ठ सदस्यका नाताले सभाको अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डललाई बिजयी भएको घोषणा गरे ।

मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए ।
मण्डलको बिरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार बनेका थिए ।


Published :माघ ३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media