आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । आज शुक्रबार दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Published :६ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media