कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको शुक्रबार भएको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एक सांसदले मतदान गरी शर्मालाई विश्वासको मत दिएका हुन् ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई कर्णालीमा पनि आफूलाई विश्वासको मत दिन शर्माले आग्रह गरेका थिए ।

कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसले केन्द्रमा विश्वासको मत दिए पनि प्रदेशमा नदिने बताए । विश्वासको मत दिने मन भए पनि सिट अगाडि विपक्षी दल लेखिएको हुँदा मत नदिने उनले बताए ।


Published :६ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media