दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


Published :७ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media