सुदूरपश्चिममा ५.९ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशमा भूकम्पकाे धक्का महसुस गरिएको छ ।

सुदूरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं लगायतका स्थानमा समेत महसुस गरिएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको बढी धक्का महसुस गरिएको छ ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए ।

मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् । भूकम्पको धक्काले केही घरमा समेत क्षति पुगेको छ ।  बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ  । थप विवरण आउन बाँकी छ ।


Published :१० माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media