आज दिउँसो कर्णाली र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज मंगलबार दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको शाखाले जनाएको छ ।

मंगलबार रातको समयमा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Published :१७ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media