मधेश प्रदेश सरकार विस्तार, माओवादी सहभागी भएन 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद महतो कोइरी गृह तथा सञ्चार मन्त्री नियुक्त भएका छन् ।

सिंहासन कलावार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन्।

त्यसैगरी शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन ।


Published :माघ २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media