कांग्रेस संसदीय दलको बैठक अनिश्चित

काठमाडौं ।  नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ ।

समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यबिभाजन, राष्ट्रपति निर्वाचनलगायतको बिषयमा बोलाईएको बैठक अन्तिममा स्थगित गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।

कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन ।

जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्बिरोध भएकी थिइन् ।


Published :२५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media