सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ  । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका नरेश शाही र कांग्रेसका  प्रकाश देउवालाई मन्त्रीको शपथ गराए ।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संबैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

देउवा कांग्रेस सभापति शेरबहादुर देउवामा भतिज हुन् । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।


Published :२७ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media