प्रदेश १ को पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

राष्ट्रपाटी न्युज

फाल्गुन ६, २०७९

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ ।


Published :फाल्गुन ६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media