प्रहरीद्वारा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०७९

काठमाडौँ । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई आइतबार विदेशबाट फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध ४ जना गायक/गायिकाले उजुरी दिएका थिए । उनले सामाजिक सञ्जालमामार्फत केही कलाकारलाई अपशब्द प्रयोग गर्दै लाञ्छना लगाएको आरोप छ।
साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा म्याद थपको तयारी गरिएको छ ।


Published :फाल्गुन ८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media