राप्रपाले प्रदेश १ को सरकार तत्काल नछाड्ने

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०७९

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ को सरकार तत्काल नछाड्ने भएको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
केन्द्र र अन्य प्रदेशको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गरिने राप्रपाका नेताले बताएका छन् ।
राप्रपाले आज प्रदेश कमिटीको बैठक बोलाएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि तत्काल सरकार नछाड्न भनेको बताइएको छ ।
प्रदेश १ मा राप्रपाले कृषि तथा सहकारी मन्त्रालय पाएको छ । गत पुस २४ गते एमालेका हिक्मत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सीट रहेको छ भने नेकपा माओवादी १३, राप्रपा ६ र जसपाको १ सिट रहेको छ ।


Published :फाल्गुन १४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media