देशका तीन प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०७९

काठमाडौं । आज देशका तीनवटा प्रदेशका पहाडी भूभागमा वर्षा हु्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।

आइतबार दिउँसो गण्डकी प्रदेशको पोखरामा असिनासँगै वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :फाल्गुन १४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media