काठमाडौं । सरकारले दुधको मूल्यमा दस रुपैयाँ वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य दस रुपैयाँ वृद्धि गरेको हो ।
बैठकले दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको एक मन्त्रीले बताए । किसानले दुधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दुधको न्युनतम मूल्य निर्धारण गरेको ती मन्त्रीको भनाइ छ ।