यस्तो छ तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौँ । आज मिति २०७९ फागुन २७ गते शनिबार, ई.सं ११ मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष चतुर्थी, नक्षत्र- स्वाती, योग- ध्रुव, करण- वव, चन्द्रराशि- तुला, सूर्योदयः ६ः२१, सूर्यास्तः १८ः०९ ।

मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

सिंह : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

कन्या : परिश्रम गरेमा सोचेजस्तै उपलब्धि लिन सकिने छ ।

तुला : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

वृश्चिक : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

धनु : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

मकर : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

मीन : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media