नेपाल चलचित्र कलाकार संघको केन्द्रिय सदस्यको उम्मेदवार बने भट्टराई

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०७९

काठमाडौं। यहि चैत्र ४ गते हुन गैरहेको नेपाल चलचित्र कलाकार संघको १९ औं अधिवेशनमा बूढानिलकन्ठ नगरपालिका वडा नम्बर- १० निवासी बिशिष्ठ कलाकार उद्दव प्रसाद भट्टराईले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका छन्। भट्टराई बिगत २५ बर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा सकृय छन्। कलाकारिता क्षेत्र संगै उनि निरन्तर समाजसेवामा समेत सक्रिय छन्।

धेरै टेलीचलचित्र तथा चलचित्रको निर्माण ,निर्देशन एबम अभिनय गरिसकेका भट्टराई हालको चर्चित फिल्म छक्का पन्जा – ४ मा समेत महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन्।

उनि बरिष्ठ कलाकार मोहन निरौला अध्यक्ष रहेको समुहबाट केन्द्रिय सदस्यको उम्मेदवार बनेका छन्। आफ्नो अनुभव र शिपलाइ प्रयोग गरि सम्पूर्ण कलाकारहरुको हक हित र अधिकारका निम्ति निरन्तर लागि पर्ने र कलाकार संघलाइ अझ गतिशील र शसक्त बनाउने अभियानमा होमिएको बताउंछन्।

यस अघि पनि उक्त संघको केन्द्रिय सदस्य रहिसकेका उनले आगामी अधिवेशनमा आफू र आफ्नो समुहलाई बिजयी बनाउन सम्पुर्ण कलाकर्मीहरुलाइ आव्हान गरेका छन्।


Published :३० फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media