काठमाडौँ । उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन् ।
शुक्रवार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए । उनले नेपाललाई समतामूलक समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भुमिका रहने बताए ।
उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे । १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छन् ।