उपराष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले गरे मतदान

राष्ट्रपाटी न्युज

चैत्र २, २०७९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान गरेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत मतदान गरिसकेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।


Published :चैत्र २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media