काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाउनुभएको छ ।
राष्ट्रपति पौडेलको सचिवालयका अुनसार शुक्रबार (३ चैत) दिउँसो ३ बजे क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाइएको हो ।
बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनका लागि शीतलनिवास बोलाउनुभएको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा गरिसकेका छन् ।