संक्रमणकालीन न्याय व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यकः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा चियापान कार्यक्रम गर्नुभएको छ । आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान संघ र प्रदेशका सांसदलाई बोलाउनुभएको हो ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताउनुभएको छ । उहाँले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनितक उपलब्धिको रक्षा र जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा अहिले चुनौती रहेको बताउँदै उहाँले राजनैतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्नेतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न बताउँदै यसतर्फ पनि सजग हुनेपर्ने बताउनुभएको छ । कार्यक्रममा प्रधानमन्त्री, समामुख, राष्ट्रिय सभा अध्यक्षलगायत शीर्ष नेताहरु पनि सहभागी भएका छन् ।


Published :४ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media