सर्वसाधारणलाई पत्तै नदिई सामान्य सवारीमै राष्ट्रपति पौडेल कुमारी घरमा

राष्ट्रपाटी न्युज

चैत्र ४, २०७९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुग्नुभएको छ।

उहाँ कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको हो ।राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन ।

अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो । उहाँ गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।


Published :चैत्र ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media