सभामुखले पत्रकारमाथि गरेको टिप्पणी आलोच्य छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए ।

सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी गम्भिर ‘नोटिस’ मा रहेको उनले बताए । उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।


Published :५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media