क्राइमिया पुगे रुसी राष्ट्रपति पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्राइमिया पुगेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमिया पुगेका हुन् ।

क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा उनी त्यहाँ पुगेको बताइएको छ ।

नेदरल्याण्डको द हेडस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

क्राइमिया पुग्दा राष्ट्रपति पुटिनको त्यहाँ भब्य स्वागतसमेत गरिएको थियो । (एजेन्सी)


Published :५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media