काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा कांग्रेस निकट नेविसंघका उम्मेदवार श्यामराज ओझा निर्वाचित भएका छन् ।
उनले ९ सय ३२ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६ सय ३१ मत प्राप्त गरेका छन् ।
यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । कीर्तिपुरमा यसपटक विद्युतीय मतदान भएको थियो । कीर्तिपुरको स्ववियु निर्वाचनमा ३ हजार ३ सय ३९ मध्ये २ हजार ७६ मत खसेको थियो ।