गण्डकी प्रदेशमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रपाटी न्युज

१० चैत्र २०७९

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

माओवादीको संसदीय दल बैठकको निर्णयलगत्तै कांग्रेस–माओवादी संयुक्त बैठक सुरू भएको छ । कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दै आएको छ ।


Published :१० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media