फ्रान्समा पनि चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । चिनियाँ एप टिकटकलाई फ्रान्सेली सरकारले पनि सरकारी डिभाइसहरूमा प्रतिबन्ध गरेको छ । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकलाई प्रतिबन्ध लगाएका छन् । सोही सुचीमा फ्रान्स पनि थपिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले टिकटक मात्र नभइ अन्य मनोरञ्जनका एपहरू लगायत ट्वीटरलाई पनि सरकारी डिभाइसमा प्रतिबन्ध गर्ने योजना बनाइरहेको छ ।

फ्रन्सको सरकारले टिकटकसँगै ट्वीटर, नेटफ्लिक्स, क्यान्डी क्रस लगायतका एपहरूमाथि पनि प्रतिबन्ध लगाउने योजना बनाएको हो । यस्ता एपहरूले साइबर सुरक्षाको जोखिम बढाएको बन्दै सरकारले प्रतिबन्ध लगाउने योजना बनाएको हो ।

यस्ता एपको प्रयोगले सरकारी कर्मचारी र प्रशासन दुवैको डेटा सुरक्षामा जोखिम थपेको फ्रान्सेली सरकारको बुझाइ छ ।

यसअघि अमेरिका, क्यानडा, युरोपेली आयोग र बेलायतले पनि आफ्ना सरकारी कर्मचारीको डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाएपछि यो अभियानकै रुपमा अहिले अगाडि बढिरहेको छ ।

टिकटकमार्फत चिनियाँ सरकारले अन्य देशको डेटा चोरी गरिरहेको आरोप कम्पनीमाथि लगाइएको छ । (एजेन्सी)


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media