कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनले विराटनगर तनावग्रस्त

राष्ट्रपाटी न्युज

१४ चैत्र २०७९

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा लगातार प्रदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन चर्काएको छ ।

प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ । रोडशेष चोकमा आन्दोलनकारी र प्रहरीको झडपका कारण विराटनगर बजारक्षेत्र तनावग्रस्त बनेको हो ।

झडपका क्रममा आन्दोलनकारीहरूले प्रदेश सांसद बसेको होटलमा ढुंगामुढा गरेका छन्। यस क्रममा होटलमा क्षति पुगेको छ।

प्रदेश सांसद सहभागी हुने कार्यक्रमस्थल बिग होटल घेराउ गर्न आन्दोलनकारी पुगेका थिए । उनीहरूले प्रहरीको घेरा तोड्दै होटलमा तोडफोडसमेत गरेका छन् ।

झडपपछि प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ। साथै पानीको फोहोरा हानेर आन्दोलन दबाउन प्रहरीले प्रयास गरेको छ।

गत ५ गते आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो । लिम्बूको मृत्युपछि कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले थप आन्दोलन सुरू गरेको छ ।


Published :१४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media