गठबन्धनभित्र मन्त्रालय बाँडफाँड मिलेन, मन्त्रिपरिषद् विस्तार अनिश्चित

राष्ट्रपाटी न्युज

१६ चैत्र २०७९

काठमाडौं । दस दलीय गठबन्धनभित्र मन्त्रालय बाँडफाँडको कुरा नमिलेपछि आज हुने भनेको मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ। बालुवाटार स्रोतका अनुसार गठबन्धनभित्रका दलहरूले मन्त्रालय बाँडफाँडमा असहमति जनाएपछि मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

चितवनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । उनले द्विपक्षीय र त्रिपक्षीय छलफल गरे पनि भागबण्डामा कुरा नमिलेको स्रोतको भनाइ छ । बुधबार बिहानै चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

बुधबार बसेको गठबन्धन दलको बैठकले भने मन्त्रालयको संख्या टुंगो लगाएको थियो । जसअनुसार कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक-एक मन्त्रालय दिने सहमति भएको थियो ।


Published :१६ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media