
काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ हमला गरेको छ । इजरायल डिभेन्स फोर्स (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो।
प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो।
गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल-अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो ।
इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो । तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए। गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको बताइएको छ । तर क्षतिको विवरण आइसकेको छैन ।