काठमाडौं महानगरसँगको टकराव हल गर्न सरकार गम्भीर बन्नुपर्छः गगन थापा

राष्ट्रपाटी न्युज

२७ चैत्र २०७९

काठमाडौं । सांसद् गगन थापाले काठमाडौं महानगरपालिकाको जायज माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले संघ र स्थानीय तहबीच अन्तरसम्बन्ध प्रभावकारी हुन नसकेको बताए ।

२०७६ सालदेखि अन्तरप्रदेश परिषद्को बैठक नै नबसेको उनको भनाइ छ। काठमाडौं महानगरपालिकासँगको टकराब हल गर्न सरकार गम्भीर बन्नुपर्ने बताए । उनले स्थानीय तहका प्रतिनिधि सिंहदरबारमा आएर घुम्ने प्रवृत्ति हल गर्नुपर्ने माग गरे।

सांसद थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी चाल्नुपर्ने बताए ।


Published :२७ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media