प्याब्सकको अधिवेशन यहि बैशाख ३० गते हुने,श्रेष्ठ र ढकालको अध्यक्ष पदमा दावी

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८०

काठमाडौं। निजि तथा आबासीय बिधालय संगठन काठमाडौं (प्याब्सक) को अधिवेशन यहि बैशाख ३० गते सम्पन्न हुन गैरहेको छ। काठमाडौंका बिभिन्न क्षेत्रमा रहेको निजि बिधालयहरुको साझा समुहको रुपमा यो क्लस्चर सक्रिय रहेको छ। लामो समय देखि बिभिन्न शैक्षिक गतिविधिमा सक्रिय यो संगठनको नेतृत्व लिन तिव्र प्रतिष्पर्धा समेत हुने गरेको छ।

लामो समय देखि शिक्षक , बिधार्थी ,अभिभावक केन्द्रित शैक्षिक गतिविधिमा संलग्न यो संगठन पछिल्लो समय स्थानीय तहको गठन र त्यसपछि बनेको प्याब्सन र एन प्याब्सन जस्ता राष्ट्रिय संगठनको पालिका स्तरीय कमिटिको मारमा परेको छ। त्यस्ता संगठनहरुले समेत स्थानीय सरकार संगको सहकार्यमा बिबिध शैक्षिक गतिविधि संचालन गर्दा यो संगठनलाइ समेत शसक्त गतिविधि र प्रभावमा चुनौती थपिए पनि यसको पृथक महत्व सहितको भूमिका निर्वाह गर्न संगठन सफल भएको प्याब्सक कार्य समितिका महासचिव राजन श्रेष्ठको दावी छ।

यहि बैशाख ३० गते सम्पन्न हुन गैरहेको यसको अधिवेशनमा यसपटक अध्यक्ष पदको लागि दुइ जना बिधालय संचालकहरुले दावी गरेका छन्। हालका कार्य समितिका महासचिव राजन श्रेष्ठ र उपमहासचिव भिष्म ढकाल अध्यक्ष पदका मुख्य दावेदार हुन।

हालका कार्य समिति अध्यक्ष गेंद्र लामा यो पटक नदोहोरिने मनस्थितिमा देखिन्छन भने उपाध्यक्ष समिर बास्तोला पनि यो पटक बिदा लिन सोचमा रहेको उनले संगठनका कुनै फोरममा दावी नगर्नुबाट सजिलै आंकलन गर्न सकिन्छ।

संगठनका महासचिव एबम अध्यक्ष पदका दावेदार राजन श्रेष्ठ प्याब्सकलाइ यो स्थान सम्म पुर्याउन आफूले ठुलो मेहनत गरेको बताउदै सबै हिसाबले अबको अध्यक्ष आफू बन्ने दावी गर्छन। स्थापनाकाल देखिको अस्तित्वलाइ संरक्षण गर्दै संगठनलाइ अझ परिस्कृत गर्ने उदेश्य सहित मेम्बरशिप बढाएर पचास पुर्याउने आफ्नो योजना रहेको श्रेष्ठको भनाइ छ। कामको मुल्यांकनको आधारमा नेतृत्व चुनीनु पर्ने बताउंदै श्रेष्ठले आर्थिक रुपमा समृद्व, नीतिगत रुपमा बहस र छलफल गर्ने शसक्त संगठन बनाउने आफनो योजना रहेको बताएका छन्।

संगठनका उपमहासचिव एबम अध्यक्ष पदका दावेदार भिष्म ढकाल सबै सदस्य बिधालयलाइ बराबर व्यबहार गर्ने नेतृत्व निर्माण गर्न आफुले उम्मेदवारी दिन लागेको बताउँछन्। पुरा समय स्कुलमा बसेर काम गर्ने व्यक्तिले प्याब्सकको नेतृत्व गर्नु पर्ने जिकिर गर्दै उनले स्कुलको संगठनमा क्याम्पस हावी हुनु नहुने तर्क समेत गरेका छन्। आफुले नेतृत्व गर्न पाए प्याब्सकले देशब्यापी माहोल ल्याउने दावी समेत गरेका छन्।

निजि बिधालयहरुको एउटा महत्वपूर्ण संगठनको रुपमा भूमिका निर्वाह गरिरहेको प्याब्सकमा नेतृत्वको लागि दावी गर्नु शैक्षिक उपलब्धिका लागि सकारात्मक विषय बन्नु पर्ने यस संस्थाका सदस्य बिधालयहरुको भनाइ छ। बैशाख ३० गते हुने अधिवेशनमा आबश्यक परे निर्वाचनमा समेत जान तयार रहेको दावेदारहरुले दावी गरेपनि सहमतिमा नेतृत्व चयन हुने एकजना पदाधिकारीको भनाइ छ। “सहमति मै नेतृत्व चयन हुन्छ, कस्तो नेतृत्व बन्छ भन्ने कुरा अधिवेशनमा मात्र थाहा हुन्छ। ” उनि भन्छन।

 

 


Published :बैशाख ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media