बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा निधन

राष्ट्रपाटी न्युज

असार २७, २०८३

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

घटनापछि प्रहरीले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएको थियो। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो।

प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। गम्भीर अवस्थामा उपचार भइरहेका उनको केहीबेरअघि निधन प्रहरीले जानकारी दिएकाे हाे ।

आत्मदाहको प्रयासको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Published :असार २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media