युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्ष जेल सजाय

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८०

काठमाडौँ। रुसी विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको कारण जेलमा परेका उनी रुसी–बेलायती पूर्व पत्रकार हुन् ।

उनले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् ।

गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो । मलाई एक शब्द पनि पश्चाताप छैन । मलाई गर्व छ ।’ (एजेन्सी)


Published :बैशाख ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media