प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यकर्तामुखी भयोः अर्जुननरिसंह केसी

राष्ट्रपाटी न्युज

१२ बैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेस सांसद एवं प्रतिनिधिसभा सदस्य अर्जुननरिसंह केसीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यकर्तामुखी भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकमैत्री नभएको दावी गरे ।

फरक प्रसंगमा सांसद केसीले ८ दिनदेखि भूगोल पार्कमा अनसनरत नुवाकोटका किसान नेता श्रीराम घिमिरेको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । किसानका पाँच बुँदे माग लिएर जिल्लाबाट राजधानी आएका किसान नेता घिमिरेको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको भन्दै सांसद केसीले उनका माग जायज रहेको भन्दै तत्काल सम्बोधन हुनुपर्ने बताए ।

कृषि क्षेत्रमा बजेट बढाउनुपर्नेलगायतका माग राखेर अनसन बसेको भन्दै नेता केसीले समयमै माग सम्बोधन नगरिएन समस्या झनै जटिल बन्ने बताए ।
नेता केसीले देशभर अहिले चैते धान, मकै र तरकारी खेतिका लागि मल अभाव भएको बताए ।


Published :१२ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media