कांग्रेसका सुरेन्द्र पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियु्क्त

राष्ट्रपाटी न्युज

बैशाख १४, २०८०

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी  पेश गरेका थिए ।

गण्डकीमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।


Published :बैशाख १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media